दफा ७०३
धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको नागरिकता रहेको मुलुकको कानून बमोजिम हुनेः

धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि धर्मपुत्र वा धर्मपुत्री राख्ने र धर्मपुत्र वा धर्मपुत्री हुने व्यक्तिबीचकोसम्बन्ध धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको नागरिकता रहेको मुलुकको कानून बमोजिम र त्यस्तो कानून यकिनहुननसकेमा धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्ति सामान्य रूपमा बसोबास गरेको मुलुकको कानून र त्यस्तो कानून पनियकिनहुन नसकेमा निजहरूले सामान्य रूपमा वैवाहिक जीवन यापन गर्दै आएको मुलुकको कानून बमोजिम निर्धारण हुनेछ ।